बिएल संवाददाता
मलेसियाको पेनाङमा जारी ३४ औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन्।
यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ। पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन्।
पुरुष ५७ केजीमा छिरिङले सिङगापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउदै फाइनलमा स्थान पक्का गरे।
सेमिफाइनलमा प्रबलले सिङगापुरका ड्यानी चाउ यिजी तथा छिरिङले इन्डोनेसियाका फकिह अन्दरा नाशुटेशनलाई समान ५–० अंकको आधारमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए।
पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कांस्यमा सीमित भए। नेपाली टोलीको प्रशिक्षकमा आइबा वान स्टार कोच सन्जिप श्रेष्ठ र व्यवस्थापक स्मृति विश्वास रहेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया