बिएल संवाददाता
मलेसियाको पेनाङमा जारी ३४ औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन्।
यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ। पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन्।
पुरुष ५७ केजीमा छिरिङले सिङगापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउदै फाइनलमा स्थान पक्का गरे।
सेमिफाइनलमा प्रबलले सिङगापुरका ड्यानी चाउ यिजी तथा छिरिङले इन्डोनेसियाका फकिह अन्दरा नाशुटेशनलाई समान ५–० अंकको आधारमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए।
पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कांस्यमा सीमित भए। नेपाली टोलीको प्रशिक्षकमा आइबा वान स्टार कोच सन्जिप श्रेष्ठ र व्यवस्थापक स्मृति विश्वास रहेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया