बिएल संवाददाता
धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले ठेक्का आह्वान गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका ३ मा रहेको मोहना नदी किनारामा बन्ने यो रंगशाला निर्माणको प्रक्रिया २०६६ सालदेखि नै सुरु भएको थियो।
पूर्वाधार विकास मन्त्रालयले हालको जमिनको सतहमा माटो भर्ने तथा जमिन सम्याउने, प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका कामका लागि ५४ लाख रुपैयाँको ठेक्का आह्वान गरेको छ। ठेक्का आह्वानबारे सूचना र जानकारी सार्वजनिक गर्दै पूर्वाधार विकासमन्त्री सुलिन लम्सालले खेल पूर्वाधार विकासलाई उच्च महत्त्व दिएको बताएका छन्।
‘सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेका छौं’ उनले भनेका छन्।
स्थानीय युवा तथा अभियान्ताहरूले २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्न ‘ड्रिम फाप्ला’ अभियान सुरु गरेका थिए।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम परियोजना अन्तर्गत क्रिकेट रङ्गशाला निर्माणका लागि
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको पहलमा मंसिर ४ गते रंगशालाको पूर्वाधार निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एनसीबी) आह्वान गरिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले अनलाइनमार्फत बोलपत्र आह्वान गरेको छ । ठेक्का छनोटका लागि सिङ्गल स्टेज टु इन्भेलप विधि अपनाइने कार्यालयले जनाएको छ ।
यस ठेक्काअन्तर्गत रंगशालाको मैदान निर्माणका लागि हालको जमिनको सतहमा माटो भर्ने र जमिन सम्याउने काम गरिनेछ । त्यसैगरी प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायतका पूर्वाधारका काम अघि बढाइनेछ ।
बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण कम्पनीको औसत वार्षिक निर्माण कारोबार भ्याटबाहेक कम्तीमा १३ करोड ८१ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, कम्तीमा एउटा समान प्रकृतिको आरसीसी फ्रेम स्ट्रक्चर परियोजना भ्याटबाहेक ११ करोड १० लाख रुपैयाँ बराबरको सम्पन्न गरेको अनुभव हुनुपर्नेछ ।
कार्यालयले बोलपत्र जमानत रकम ५४ लाख रुपैयाँ तोकेको छ । बोलपत्र खुलेको मितिले ९० दिनसम्म बोलपत्र मान्य रहने र बोलपत्र जमानतको अवधि १२० दिन हुनुपर्ने व्यवस्था गरिएको छ ।
इच्छुक निर्माण कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गरी प्रक्रियामा सहभागी हुन सक्नेछन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सुदूरपश्चिमको खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारको महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । रंगशाला निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनार बोराडाडी क्षेत्रमा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ।
यसअघि नै सरकारले देशका विभिन्न सहरहरूमा फ्लड लाइटसहितका ८ वटा अन्तर्राष्ट्रिय स्तरका रंगशालाहरू निर्माण गर्ने घोषणा गरिसकेको थियो।
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया