बिएल संवाददाता
राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
दशरथ रङ्गशालामा आज भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो।
आजको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अङ्क बाँडेका छन्। दश अङ्क बटुलेको ललितपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ।
त्यस्तै पाँच खेलमा स्पर्धा गरेको धनगढी ११ अङ्क समेटेर पहिलो स्थानमा छ। यो खेलसँगै ६ खेलमा प्रतिस्पर्धा गरेको झापाले सात अङ्क पाएको छ।
एक हार, एक जित र चार बराबरीसँगै झापा अङ्कतालिकाको पाँचाैँ स्थानमा छ।
दशरथ रङ्गशालामा भोलि दुई खेल हुनेछन्। दिउँसो १ बजे हुने पहिलो खेलमा पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया