बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपमा सह-आयाेजक अमेरिकाविरुद्ध आयाेजक वेस्ट इन्डिज ९ विकेटले विजयी भएकाे छ।
शनिबार बिहान अमेरिकाले दिएकाे १२९ रनकाे लक्ष्य मात्रै १०.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै वेस्ट इन्डिजले सानदार जित हात पारेकाे हाे।
वेस्ट इन्डिजकाे जितमा शाई हाेपले ८२, निकाेलस पुरनले २७ र जोनसन चार्ल्स १५ रन प्रहार गरे।
अमेरिकाका हरमीत सिंहले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेकाे अमेरिकाले १९.५ ओभरमा १२८ रन बनाउँदा अलआउट भएकाे थियाे।
एन्ड्रिज गौसले २९, नितिश कुमारले २०, मिलिंद कुमारले १९ रन बनाएका थिए।
वेस्ट इन्डिजका राेस्टन चेज र आन्द्रे रशेलले ३-३ तथा अल्जारी जोसेफले २ विकेट लिएका थियाे।
सुपर-एटमा वेस्ट इन्डिजकाे याे पहिलाे जित हाे।
भने, अमेरिकाकाे लगातार दाेस्राे हार हाे।याे हारसँगै अमेरिका विश्वकपबाट बाहिरिएकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया