बिएल संवाददाता
युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो।
जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।
स्पेनका डानी ओल्मोको पासमा फेरान टोरेसले गोल गरेपछि १३ औँ मिनेटमा अग्रता लिएको थियो। सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पेनले शतप्रतिशत जिन निकाल्न सफल भयो।
उता अर्को खेमाल डिफेन्डिङ च्याम्पियन इटालीले अन्तिम समयमा गोल गर्दै बराबरी खेले पछि अन्तिम १६मा स्थान पक्का गर्न मद्दत पुग्यो। क्रोएसिया भने प्रतियोगिताबाट बाहिर भएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो।
खेलको ५५ औँ मिनेटमा लुका मोड्रिकले गोल गर्दै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको अतिरिक्त आठौँ मिनेटमा माटेटा ज्याग्नीले रिकार्डोको पासमा गोल गर्दै बराबरीमात्रै गरेनन् की इटालीलाई अन्तिम १६ मा पुर्याए।
समूह बीबाट स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा इटाली ४ अङ्कका साथ दोस्रो स्थानमा रहेर पुगेको हो। क्रोएसियाको २ अङ्क हुँदा अल्बानियाको एकमात्र अङ्क रह्यो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया