बिएल संवाददाता
टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले टी– २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन्।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी– २० विश्वकपको फाइनल खेल आफ्नो टी– २० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।
रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्यो। म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’ यद्यपि, रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।
रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए।
कोहलीले भने, ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो। यो हामीले हासिल गर्न चाहेका थियौँ, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो। हामी यो कप उठाउन चाहन्थ्यौं। अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडि बढाउने छन्।’
रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ। यसअघि भारतले टी- २० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया