बिएल संवाददाता
इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ। जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए।
यसअघि निर्धारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। भने, खेलको ८०औं मिनेटमा इङल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए।
यो जितपछि अब इङल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ। त्यस्तै अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन्।
यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया