बिएल संवाददाता
नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ। गएराति सम्पन्न जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए। भने, एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए।
त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए। १-० गोलले अगाडि रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो। यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए।
यो जितपछि नेदरल्याण्डसले अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने भएको छ।
त्यस्तै अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन्। त्यस्तै यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया