बिएल संवाददाता
भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो।
भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो।
जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए। त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए।
त्यसैगरी भारतीय बलर मुकेश कुमार र अभेश खानले ३(३ विकेट लिएका थिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो। भारतका लागि दोस्रो टी(२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए उनले ४७ बलमा १०० रन बनाएका थिए। त्यस्तै रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए।
यो जितपछि भारतले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। यस अघि पहिलो खेल जिम्बाबेले जितेको थियो। अब सिरिजको तेस्रो खेल बुधबार हुने छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया