बिएल संवाददाता
इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए। त्यसैगरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए।
यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस स्वरेज खेलेका थिएनन्। मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केहि खेल गुमाउने भएका छन्।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शिर्ष स्थानमा रहेको छ। त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अंकसहित आठौ स्थानमा छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया