बिएल संवाददाता
नेपाल जारी महिला एसिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो।
मंगलबार राति भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि सिता राना मगरले सर्वाधिक १८ रन बनाएकी थिइन्। भने, रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।
भारतका लागि सेफाली बर्माले सर्वाधिक ८१ रन बनाएकी थिइन्। भने, दयालान हेमालताले ४७ रन बनाएकी थिइन्। त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन्।
त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन्।
यो जितसँगै भारतले समूह चरणमा लगातार तीन खेल जितेर समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। भने, पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
त्यस्तै समूह ए बाट नेपालले ३ खेलमा एक खेल जितेर २ अंकसहित तेस्रो हुँदै बाहिरिएको छ। समूह ए बाट युएईले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया