बिएल संवाददाता
श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो। श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुँदै २०८रन मात्र बनाएको थियो।
भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए। भने, अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए। भारतलाई अल आउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री जेफ्री वान्डरसेले सर्वाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो। श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०-४० रन बनाएका थिए। भने, दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए।
त्यस्तै भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए।
यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका १-०ले अगाडि भएको छ। यसअघि खेलिएको सिरिजको पहिलो खेल टाइ भएको थियो।
अब सिरिजको अन्तिम खेल बुधबार खेलिँदै छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया