बिएल संवाददाता
काभा महिला भलिबल लिगमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ।काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दाेस्राे सेमिफाइनलमा इरानलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल फाइनमाल प्रवेश गरेको हो।
नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे। याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ। लिग चरणमा नेपाल इरानसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे।
अब नेपालले उपाधिका लागि भाेलि बुधबार भारतसँग खेल्नेछ। मंगलबार नै भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनलमा पुगेकाे थियाे।
पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिसकेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया