बिएल संवाददाता
आईओसी शरणार्थी ओलम्पिक टोली एथलीट सिन्डीले पेरिस ओलम्पिक २०२४ मा महिला ७५ केजी समूहबाट बक्सिङमा कास्य पदक जितेकी छिन्।
नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक टोलीको लागि पहिलो ऐतिहासिक ओलम्पिक पदक भएको पेरिस ओलम्पिक सचिवालयले जनाएको छ।
नगाम्बाले उत्तर पेरिस एरिनामा क्यानाडाली मिडलवेट तामारा थिबल्टलगायत अनुभवी विपक्षीहरूविरुद्ध कमाण्डिङ जितको साथ आफ्नो पदक सुरक्षित गरेकी हुन्।
थिबल्ट र उनका साथीहरूले ओलम्पिक चरणमा आफ्नो पहिलो बाउट जित्ने भावनाले अभिभूत भएका नगाम्बालाई अँगालेका थिए। यो क्षण सबैको आँखामा आँसु ल्याएको थियो।
पदक जितेपछि न्गाम्बाले भनिन्, ‘यहाँ आउनु मेरो लागि धेरै अर्थपूर्ण छ र म विश्वस्त छु कि यसले विश्वभरका मानिसहरुका लागि यति धेरै बाधाहरुसँग जीवन जिउने खेलाडीहरुका लागि पनि धेरै अर्थ राख्छ, तिनीहरू आफैँमा विश्वास गर्दैनन् र तिनीहरू सोच्छन् कि यो संसारको अन्त्य हो, हामीले यो होइन भनेर बुझुनुपर्छ।’
सिन्डी नगाम्बा ओलम्पिक पदक जित्ने पहिलो शरणार्थी खेलाडी हुन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया