बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ।
गएराति ओल्ड ट्राफोर्डमा सुरु भएको लिगको नयाँ सिजनमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो।
युनाइटेडका लागि जोशुआ जिर्कजीले एक गोल गरेका थिए । उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्याण्ड्सका फरवार्ड हुन्।
उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि निर्णायक बनेको थियो।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले पहिलो खेलबाटै अंक तालिकामा तीन अंक जोडेको छ। फुल्हमले भने पहिलो खेलमै हार बेहोरेको छ।
यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया