बिएल संवाददाता
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ।
सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो।
खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए।
गोल गरेपछि उनले भारतको कोलकातामा डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको ’पीडितलाई न्याय’ लेखिएको टिसर्ट देखाएका थिए। खेलमा भुटानले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो।
भुटानका कप्तान पेमाको प्रहार पोलमा लागेको थियो । प्रतियोगितामा भोलि समूह ‘ए’ को खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया