बिएल संवाददाता
काठमाडौँमा जारी साफ यू- २० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो।
समूह चरणको अन्तिम खेलमा आज समूह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ।
यो जितपछि भारत समूह बिजेता हुँदै सेमिफाइनलमा पुगेको छ। भने, भुटान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन्।
अब सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने छ। र, यो खेल आइतबार हुने छ।
त्यस्तै अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने छन्। दोस्रो सेमिफाइनल सोमबार हुने छ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया