बिएल संवाददाता
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ।
गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो।
बिलबाओको जीतमा पहिलो हाफको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गरेका थिए।
सोही गोलको अग्रता पुरै समय कायम राख्दै एथ्लेटिकले पहिलो जीत निकालेको हो। भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो।
ला लिगाकै अर्को खेलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ। अलाभेसले सोसिडाडमाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो।
सोसिडाड २९ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। मिकेल ओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए। १० खेलाडीमा समेटिएको सोसिडाडले ३२ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता भने लिएको थियो। सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए।
पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
७७ औं मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २–१ को पुनरागमन जीत निकाल्न सफल भयो।
अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ।
यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया