बिएल संवाददाता
नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।
यी तीन जना खेलाडी आगामी काभा वुमन्स क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबबाट खेल्ने छन्। काभा वुमन्स क्लब च्याम्पियनसिप सेप्टेम्बर दोस्रो साता माल्दिभ्समा हुनेछ।
पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडी अनुबन्ध गरेको बताए। घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ क्लबबाट र सुमित्राले न्युडायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्दै आएका छन्।
यसअघि, यी तीनै खेलाडी काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उप विजेता हुँदा राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन्। सुमित्रा रेग्मीले सोही प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।
पुलिस क्लबले यसअघि घरेलु भलिबलमा च्याम्पियन बनिसकेको छ र यो पहिलो पटक काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्न लागेको हो। त्यसका लागि पुलिसले प्रशिक्षण पनि सुरु गरिसकेको छ।
पुलिस क्लबमा राष्ट्रिय टोलीकी उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, र शान्तीकला तामाङ रहेका छन्। राष्ट्रिय टोलीबाट खेलिसकेकी कामना पुन र मनिषा चौधरी पनि पुलिस टोलीमै छन्।
नयाँ खेलाडीहरूको समावेशले पुलिसको टोलीलाई अझ बलियो बनाएको छ। काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया