बिएल संवाददाता
कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा शानदार सुरुआत गरेको छ।
बिहीबार राति भएको युइएफए नेसन्स लिगको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो।
रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो। जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ।
खेलको प्रारम्भिक सातौं मिनेटमै, म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। डालोटले बु्रनो फर्नाण्डेसको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन्।
खेलको ३४औं मिनेटमा, कप्तान रोनाल्डोले ऐतिहासिक ९००औं गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो।
मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले हेडरमार्फत गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे।
यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। यसकीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्ड समेत कायम भएको छ।
खेलको ४१औं मिनेटमा क्रोएशियाले एक गोल फर्काउने मौका पायो। क्रोएशियाका खेलाडीले एक क्रस दिएपछि, पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पुर्यायाे।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो।
यसैबीच, समूह ‘ए’ को अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया