बिएल संवाददाता
साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जान लागेका राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जान लागेका राष्ट्रिय यू २० टोलीको बिदाइ गरिएको छ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो।
सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिएका छन्।
उनले भने, ‘तपाईंहरु जुन खेलको लागि जाँदै हुनुहुन्छ, त्यहाँ आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न होइन नेपालको प्रतिनिधि भएर जाँदै हुनुहुन्छ। गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिन चाहन्छु।’
यसको साथै, उनले दशरथ रङ्गशालाको काम छिटोभन्दा छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने कोशिसमा रहेको पनि बताए।
‘दशरथ रङ्गशालाको कुरा चर्चामा आइरहेको छ। म विश्वास दिलाउन चाहन्छु, छिटोभन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिसमा छु’, उनले भने।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया