बिएल संवाददाता
देशभित्र खेलेरै बाँच्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न कोशी प्रदेशको इनरुवाका युवाहरू जुटेका छन्।
राष्ट्रियस्तरका क्रिकेट खेलाडी सोनु मण्डललाई हालै स्मल हेभन एकेडेमीले रोजगारी दिएपछि यसको सुरुवात भएको हो।
नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय खेलाडीहरू बेरोजगार बन्दा देश छोड्ने क्रम बढ्दो छ। यसलाई निरुत्साही गर्न आफूहरूले रोजगारीको योजनालाई अगाडि सारेको नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले जानकारी दिएको छ।
खेलाडी व्यवस्थापन गर्ने र उनीहरूलाई रोजगारी दिने उद्देश्यले निजी विद्यालयमा खेलाडीहरूलाई व्यवस्थापन गर्न लागिएको विज्ञप्तीमा जनाइएको छ।
रोजगारी पाएर खुसी भएका सोनुले आफूलाई अझै राम्रो खेल्न प्रेरणा प्राप्त भएको बताए। एकेडेमीका विशाल उप्रेतीले भविष्यमा पनि प्रतिभाशाली खेलाडीको पलायनलाई रोक्न सहयोग गर्ने बताए।
एकेडेमी र क्रिकेट खेलाडी सोनुबीच सम्झौता हुँदा खेलकुद महासंघको तर्फबाट केन्द्रीय कमिटीका सचिव विप्लव घोष, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्ष सरोज बस्नेत र नगर सचिव कमल उपाध्याय उपस्थित थिए।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया