बिएल संवाददाता
क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ। अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन्।
नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेर खेललाई रोमाञ्चक मोडमा पुर्याए पनि अन्तिम ओभरमा ओमानले जित हात पारे।
शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्याए भने कलिमउल्लाहले विजयी चौका हाने।
ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा ४१ रन बनाएर अग्रणी भूमिका खेले। कश्यप प्रजापतीले ३६ रन बनाउँदै ओमानको जितको नींव तयार पारे।
नेपालका बलरहरूमा गुलशन झा सबैभन्दा प्रभावकारी साबित भए, जसले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिए। करण केसीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र आरिफ शेखले समान १–१ विकेट लिए।
पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो। कप्तान रोहित पौडेलले ६० रनको अर्धशतकीय पारी खेले भने गुलशन झाले ५३ रन बनाए। दुवै खेलाडीको योगदानले नेपाललाई सम्मानजनक स्कोरमा पुर्यायो।
नेपाल र ओमानसँगै क्यानडा सहभागी यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेल क्यानडासँग असोज ६ गते खेल्नेछ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया