बिएल संवाददाता
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ।
माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन्।
विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरेका थिए।
नेपालको पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो।
६ टोली सहभागि प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जितेको थियो। लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो।
पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया