बिएल संवाददाता
स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ।
एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो।
रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे।
रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७ औँ मिनेटमा भए।
रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो।
मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हरायो भने भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेले।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया