बिएल संवाददाता
नेपाल साफ यू- १७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो।
नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औँ मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए। यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो।
यो जितपछि समूह बि बाट नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। समूह बि बाट पाकिस्तान विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै भुटान भने समूह बि मा तेस्रो हुँदै बाहिरिएको छ।
अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ। भने, पाकिस्तानले बंगलादेशको सामना गर्ने छ।
सेमिफाइनल खेल शनिबार हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया