बिएल संवाददाता
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो।
यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो।
यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५,कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको हो।
चाइनीज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो।
प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया