बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो कात्तिक १ गतेदेखि साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी दिएको हो।
प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।
प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। हाल २७ जना खेलाडीहरू एन्फाको बन्द प्रशिक्षणमा सहभागी छन्।
एन्फाले प्रतियोगिताको लागि टिकेटिङ्ग अधिकारको लागि सूचना जारी गरिसकेको छ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।
प्रतियोगिताको अनुमानित बजेट रू ४ करोड ६० हजार ८ सय (३ लाख ८ हजार १६० रुपैयाँ अमेरिकी डलर) रहेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया