बिएल संवाददाता
पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजीव कुमारलाई नियुक्त गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका राजीव कुमारलाई आगामी लिगको लागि भित्राएको हो। कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन्।
उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्। उनले भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका छन्। सन् २००३मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि धोनी र कुमार दुवैले सँगै क्रिकेट खेलेका थिए। राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्।
चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन्।
पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि बधाई दिँदै कार्यकालको शुभकामना दिए।
नियुक्ति पछि कुमारले नयाँ यात्राको लागि खुसी भएको र नेपाल आउन उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।
पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्। एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया