बिएल संवाददाता
यू– १९ महिला टी– २० विश्वकप क्रिकेट एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण असोज ३० गतेदेखि भैरहवामा हुने भएको छ।
प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट भएका छन्। तेस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को कार्यक्रमअनुसार आगामी नोभेम्बरमा सुरु हुने यू– १९ महिला टी– २० विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट गरिएको हो।
टोलीमा मनिषाकुमारी उपाध्याय, एलिसाकुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पूजा महतो, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निका मरासिनी, स्नेहा महरा, सोनी पाखीन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुवर, रन्जु श्रेष्ठ छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया