बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले अक्टोबर १७ (बिहीबार)देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो।
प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टीमले सहभागिता जनाउँदै छन्।
सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेका छन्। भने, भारत र भुटान बुधबार बिहानसम्म काठमाडौँ आइपुग्ने जानकारी गराइएको छ।
प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट.जेभियर्स स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।
प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ र डिजिटल अधिकार एडी रिलिजलाई प्रदान गरिसकिएको छ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रशारण गरिनेछ। प्रतियोगिताको टिकटको अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि.लाई प्रदान गरिएको छ।
प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिटतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ।
नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ पाँचसय रुपैयाँ, भिआइपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको छ। प्रतियोगितामा १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ।
प्रतियोगिता अवधिभर दर्शकहरुको सुविधाको लागि रङ्गशाला परिसरभित्रै खाजाको व्यवस्था पनि गरिएको छ। यसका लागि शिवांश फूड एण्ड बेभरेज प्रा.लि.सँग सम्झौता गरिएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया