बिएल संवाददाता
आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो।
स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा अल आउट हुँदै १४४ रन बनाएको थियो।
अमेरिकाका लागि शाडली भान शाल्कवीकले सर्बाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए। त्यस्तै स्कटल्याण्डका बलर ब्राड कुरीले ४ विकेट लिए भने ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिएका थिए।
यो जितपछि स्कटल्याण्डको लिग-२ मा ८ खेलमा ११ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ। त्यस्तै अमेरिकाको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा छ।
अब सिरिज अन्तर्गत आइतबार राति नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया