बिएल संवाददाता
आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ।
नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दैछ। नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिज पछि अमेरिका पुगेको हो। अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।
रोहित पौडेलको कप्तानीमा चयन गरिएको यो टोलीमा अनुभवी र प्रतिभाशाली खेलाडीहरूको समावेश गरिएको छ।
अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिजमा सन्दीप लामिछाने पनि खेल्ने छन्। उनी अमेरिकाविरुद्धको टी- २० मा खेलेका थिएनन्।
क्यानले कप्तान रोहित पौडेलको नेतृत्वमा घोषित १५ सदस्यीय टोलीमा ओपनर कुशल भुर्तेल, अनुभवी विकेटकीपर–ब्याटर आसिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। ओपनर र मध्यक्रममा कुशल मल्ल, आरिफ शेख, अनिल साह, भीम सार्कीलगायत खेलाडीले ब्याटिङ जिम्मेवारी सम्हाल्नेछन्।
बलिङतर्फ, सन्दीप लामिछानेको नेतृत्वमा स्पिन आक्रमण सम्हाल्ने जिम्मेवारीमा ललित राजवंशी, कुशल मल्ल र अन्य बलरहरू छन्। मध्यम र तीव्र गतिका बलरहरू सोमपाल कामी, करण केसी र गुल्सन झाको उपस्थिति टिमको बलिङ आक्रमणलाई बलियो बनाउने छ।
वैकल्पिक खेलाडीको रुपमा सागर ढकाल र देव खनाललाई राखिएको छ। आइसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्नेछ। घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका पहिलो खेलमा नेपालको लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएको छ।
लिग- २ को तालिकामा नेपालले अहिलेसम्म ३ अंक बनाएर आफूलाई सातौं स्थानमा राखेको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया