बिएल संवाददाता
विवादपछि सुरु भएलगत्तै साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतविरुद्ध जवाफी गाेल गरेकाे छ।
आधाघण्टाभन्दा राेकिएकाे खेललगत्तै सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालका गाेल गरेकी हुन्। गाेलपछि उत्साहित भएर मैदान बाहिर निस्किएकी उनलाई रेफ्रीले पहेलाे कार्ड देखाइन्।
यसअघि रेफ्रीले राताे कार्ड दिएपछि नेपालकी खेलाडी रेखा पौडेल मैदान बाहिर गइन्। त्यसपछि भारतले नेपाल विरुद्ध एक गोल गर्यो। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्।
त्यसलगत्तै नेपाली खेलाडीले पनि एक गाेल गरे। तर त्यसलाई रेफ्रीले मान्यता नदिएपछि मैदानमा तनाव भएकाे हाे। अहिले दुबै टिमका समूह र रेफ्रीहरूबीच विवाद चलिरहेकाे छ। खचाखच दर्शकहरूले हाेहल्ला गरिरहेका छन्।
बल अगाडी बढाउन रेफ्रीले संकेत गरेपछि नेपाली खेलाडीले गाेल गरेका थिए। तर पनि गाेल नदिएपछि विवाद भएकाे हाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया