बिएल संवाददाता
साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्नका लागि बुधबारबाट मात्रै टिकट पाइने भएको छ।
फाइनल खेलको टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलबाट भौतिक रुपमा मात्रै लिन पाइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एन्फाका अनुसार १० हजार साधारण र १ हजार भिआइपी गरी ११ हजार टिकट बिक्री गरिने छ। दशरथरंगशालाको सिट क्षमता १५ हजार हो।
एन्फाले टिकटमा सीमितता तोकेको छ। जसअनुसार एक जना व्यक्तिले साधारणतर्फ बढीमा ५ वटा र भिआइपीतर्फ १ वटा टिकट लिन पाउने छ। साधारण टिकटको मूल्य रु. ३ सय र भिआइपीको रु. ५ सय रहेको छ।
एन्फाले यसअघि माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रा.लि.लाई टिकट बुकिङको जिम्मा दिएको थियो। तर, नेपाल र भारतबीचको सेमिफाइनल खेलमा सिट क्षमताभन्दा बढी मानिस प्रवेश गराएको भन्दै एन्फाले उससँगको सम्झौता तोडेर आफैँले टिकट वितरण गर्न लागेको हो।
त्यस्तै यसअघि अनलाइनमार्फत काटिएका टिकटको रकम फिर्ता हुने भएको छ।
नेपाल र बंगलादेशबीचको सेमिफाइनल खेल बुधबार (भोलि) बेलुका साढे ५ बजेबाट हुनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया