बिएल संवाददाता
ग्रामीण सेवा युवा परिषद् गोकुल गंगा रस्नालुकाे आयाेजनमा पुरूष तथा महिला भलिबल प्रतियोगिता- २०८१ सम्पन्न भएको छ।
यही कात्तिक १२, १३ र १४ गते सम्पन्न प्रतियाेगिताकाे पुरुषतर्फ भीमेश्वर युवा क्लबले उपाधि जित्याे। भने, साबिक ४ रस्नालु गा.वि.स. उपविजेता बन्याे।
विजेता भीमेश्वर युवा क्लबले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। यसैगरी तेस्रो साबिक २ ले नगद १० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
यसैगरी महिलातर्फ गोकुल गंगा मा.वि. विजेता भएको छ। विजेता गोकुल गंगा मा.वि.ले नगद १० हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। उप-विजेता बुर्के समुदायक बनले नगद ६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। तेस्रो गोकुल गंगा मा.बि.(ए) नगद ४ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
विजेता टाेलीहरुलाई कार्यक्रमका मुख्य अतिथि गोकुल गंगा गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष निरविक्रम कार्की र मुख्यअतिथि नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
भिडियाे:
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया