बिएल संवाददाता
आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपाल यूएईसँग पराजित भएको छ। शनिबार द सेभेन रंगशालामा नेपाल १३ रनले पराजित भएको हो। छनोट खेलमा यो नेपालको पहिलो पराजय हो।
यूएईले यो छनोट चरणमा लगातार ३ खेल जितेको र छ अंकसहित शीर्षस्थानमा रहेको छ। नेपाल भने चार अंकसहित दोस्रोस्थानमा छ।
यूएईले नेपाललाई १२३ रनको लक्ष्य दिएको थियो। २० ओभरमा नेपालले १०९ रनमात्रै जोड्न सक्यो। योबीचमा नेपालले पाँच विकेट पनि गुमायो।
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक ४८ रन योगदान दिइन्। यसका लागि उनले पाँच चौका प्रहार गरेकी थिइन्।
अब आइतबार नेपालले थाइल्यान्डसँग खेल्नेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया