बिएल संवाददाता
नेपाली काँग्रेस र नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन माग गरेका छन्।
आइतबार काँग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हो। केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ।
‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ। बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं’, काँग्रेस-एमालेको विज्ञप्तिमा भनिएको छ।
एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया