बिएल संवाददाता
वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्न गई कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ।
चौबिस घरधुरी डुबान भएको सोही बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई स्थानान्तरण गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय आशिदेवी चौधरी, समली चौधरी, शीतलदेवी चौधरी, शान्ताराम चौधरी, टीकाराम चौधरी, रामजशनी चौधरी, रुनम चौधरी, साहिल चौधरी, सुरनी चौधरी र कोल्ला चौधरीगरी १० जनालाई स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा बिओपी खोनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गान्धीपराज स्याङ्ताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको जनाइएको छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया