बिहिबार, २१ अगस्ट २०२५

माछापोखरीमा एक वृद्ध मृत फेला

News Image
फाइल तस्बिर
• • •

चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहिबार बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीयले वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

बिहिबार, कार्तिक ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)