बिहिबार, १४ अगस्ट २०२५

अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकियो

News Image
तस्बिरः एजेन्सी
• • •

प्रिमियर लिग फुटबलमा आर्सनल क्रिष्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।खेलको सातौं मिनेटमा सोक्राटिसको गोलबाट आर्सनलले अग्रता बनाएको थियो ।

खेलको नवौं मिनेटमा डेभिड लुइजको गोलबाट आर्सनलले २–० को अग्रता बनायो ।

खेलको ३२ औं मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काए । त्यसपछि खेलको ५२ औं मिनेटमा जोर्डन आयुले गोल गर्दै क्रिष्टललाई २–२ गोलको बराबरी ल्याउदै हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनलले १० खेलबाट १६ अंक जोडेको छ । आर्सनल लिगको पाँचौं स्थानमा रहेको छ । १५ अंक जोडेको क्रिष्टल छैटौं स्थानमा छ ।

सोमबार, कार्तिक ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)