बलात्कार आरोपमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका दुई युवानेता पक्राउ

सांकेतिक तस्बिर

सत्तारुढ दल नेकपा निकटको युवा संघ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघका नेताद्वय बलात्कार अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवा संघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेल रहेका छन् ।

उनीहरुलाई कात्तिक ३ गते ललितपुरको पाटनबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

गजुरेल कांग्रेस नुवाकोटको जिल्ला कार्यसमित सदस्य समेत हुन् ।पोखरेल दाङ तुलसीपुर– १८ का बासिन्दा हुन् ।

प्रहरीका अनुसार १९ वर्षीय एक युवतीलाई गजुरेलले कात्तिक पहिलो साता कुमारीपाटीस्थित पोखरेलको कोठामा ल्याएको र उनीहरु दुबै जनाले बलात्कार गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसवुकमार्फ गजुरेल र पीडित युवतीवीच चिनजान भएको हो । सो चिनजानका आधारमा गत २९ असोज राती गजुरेलले पीडित युवतीलाई वोलाएर साथीको कोठामा लगेर दुवैजना मिलेर बलात्कार गरेका हुन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-30 14:23:06

प्रतिकृया दिनुहोस्