बिहिबार, १४ अगस्ट २०२५

आगलागीबाट साढे सात लाखको धनमाल जलेर नष्ट

News Image
सांकेतिक तस्बिर
• • •

पाँचथर र दाङका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथरको याङवरक गाउँपालिका-४ थर्पु बजार बस्ने धन बहादुर सिगुको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै दाङको गढवा गाउँपालिका–४ अजगढवा बस्ने राकेश नेपालीको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

बुधबार, कार्तिक १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!