भोजपुरमा प्रहरी र विप्लव समूहबिच गोली हानाहान, प्रहरीसहित दुईको मृत्यु

सांकेतिक तस्बिर

भोजपुर । भोजपुरमा बुधबार बिहान भएको विप्लव समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा २ जनाको मृत्यु भएको छ।

सदरमुकामस्थित शनिबारे हाट लाग्ने ठाउँमा भएको भिडन्तमा परी प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

भिडन्तमा मृत्यु हुने राई माओवादीका ओलखढुगां जिल्ला इन्चार्ज  हुन्।

बुधबार बिहान करिब साढे ८ बजे भएको भीडन्त पछि प्रहरीले माओबादीको साथबाट एक थान पेस्तोल र गोलीहरु बरामद गरेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।

घटनाबारे थप विवरण आउन बाँकि छ।

प्रकाशित मिति: : 2019-07-10 09:51:35

प्रतिकृया दिनुहोस्