बिहिबार, १४ अगस्ट २०२५

अभिनेत्री ऋचा शर्माले दिइन् ब्याचलर पार्टी

News Image
बिएल
• • •

अभिनेत्री ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् ।

पोखरामा उनले अभिनेत्रीद्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतका साथी जमघट गराएर ब्याचलर पार्टी दिएकी हुन् ।

अभिनेत्री ऋचाले आगामी मंसिरमा लगनगाँठो कस्ने भएकी छन् । लामो समयदेखि लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा रहेकी उनले राणासँग नै विवाह गर्न लागेको चर्चा छ ।

विवाहको मिति भने अहिले सार्वजनिक गरिएको छैन।

ऋचा अहिलेसम्म उनी कुनै सार्वजनिक कार्यक्रममा प्रेमीसँग भेटिएकी छैनन् ।

आइतबार, कार्तिक १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)