बुधबार, १३ अगस्ट २०२५

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, प्रदेश प्रमुखबारे आजै टुंगो लगाइने

News Image
फाइल तस्बिर:बिएल
• • •

प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारले नियुक्त गरेको सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ । सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

सोमबार, कार्तिक १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)