बिहिबार, २१ अगस्ट २०२५

एमसीसीद्वारा नेपालसामु २ सय ३ रनको लक्ष्य पेश

News Image
फाइल तस्बिर:बिएल
• • •

नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २ सय ३ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्रै बनाउन सक्यो ।

एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए ।

नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४र४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १/१ विकेट लिए ।

सोमबार, कार्तिक १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)