शनिबार, १६ अगस्ट २०२५

मालपोत कार्यालय काभ्रेका नासु २० हजार घुससहित पक्राउ

News Image
फाइल तस्बिर
• • •

मालपोत कार्यालय काभ्रेका नासु रोशकाजी जस्पाउ घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

जस्पाउलाई सेवाग्राहीसँग २० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालय काभ्रेका प्रमुख शालिकराम आचार्यले नासु जस्पाउ २० हजार घुससहित पक्राउ परेको पुष्टि गरे।

अख्तियारका अनुसार जग्गा फाँटमा बसेका जस्पाउले जग्गा रजिष्ट्रेशनका क्रममा सेवाग्राहीसँग घुस दिँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

 

बिहिबार, मंसिर ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)