आइतबार, १७ अगस्ट २०२५

'प्रेम गीत ३' र 'चपली हाइट ३' को प्रदर्शन मिति एकै

News Image
फाइल तस्बिर: बिएल
• • •

यहि साता फ्लोरमा गएको फिल्म 'चपली हाइट ३' को प्रदर्शन मिति तय भएको छ। 'चपली हाइट ३'को प्रदर्शन मिति आगामी चैत २८ गतेको लागि तय भएको छ।

यहि मितिमा अभिनेता प्रदिप खड्का स्टारर फिल्म 'प्रेम गीत ३' पनि प्रदर्शनमा आउने भएको छ।

निकेश खड्का निर्देशित 'चपली हाइट ३' मा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहेको छ।

फिल्ममा अर्जुन कुमारले लगानी गरेका छन्। अर्जुन कुमारकै 'चपली हाइट' पहिलो र दोस्रो श्रृंखलालाई दिपन्द्र के खनालले निर्देशन गरेका थिए।

यता चलचित्र 'प्रेम गीत ३' लाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन्।

‘प्रेम गीत’, ‘प्रेम गीत–२’, ‘चंखे संखे पंखे’, ‘मेरी मामु’ निर्माण गरेको सेन फिल्म प्रोडक्सनले ‘प्रेम गीत–३’ निर्माण गरिरहेका छन्।

यहि मनिष राउत यहि फिल्म मार्फत नेपाली फिल्म जगत प्रवेश गर्दै छन्। यद्पी, मनिषले थुप्रै लघु फिल्म भने खेलिसकेका छन्। पहिलो र दोश्रो हिट भएको ‘प्रेम गीत’ सिरिजको तेश्रो श्रृंखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा प्रवेश गराइएको छ।

मंगलबार, मंसिर १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)