च्याम्पियन्स लिग: भ्यालेन्सियासँग चेल्सी बराबरीमा राेकियाे

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग फुटबलमा लण्डन क्लब चेल्सीले भ्यालेन्सियासँग अंक बाँडेको छ।

बुधबार राति समूह एचको खेलमा चेल्सीले भ्यालेन्सियासग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

भ्यालेन्सियाका लागि कार्लोस सोलर र ड्यानियल वासले एक एक गाृल गरे। यता चेल्सीको लागि क्रिस्टियन पुलिसिस र माटेव कोभासिसले गाृल गरे।

भ्यालेन्सियाले ४० औ मिनेटमा सोलरको गोलबाट अग्रता लिएको थियो। लगत्तै अर्को मिनेटमा चेल्सीका माटेव कोभासिसले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए ।

पुलिसिसले ५० औ मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ मा ल्याए।

दोस्रो हाफमा किपा अरियाजबलागाले ड्यानियल परेजोको पेनाल्टी रोक्दै चेल्सीको अग्रतालाई जोगाउने काम गरेका थिए ।

खेल सकिन ८ मिनेट बाँकी छदाँ ड्यानियल वासले गोल गर्दै चेल्सीसँग अंक बाढ्यो।

बराबरीको नतिजासँगै चेल्सी ८ अंक सहित तेस्रो स्थानमा छ।

भ्यालेन्सिया समान अंक भएपनि दोस्रो स्थानमा छ। डच क्लब अजाक्स १० अंक सहित शीर्ष स्थानमा छ।

अन्तिम खेलेनै चेल्सीको नकआउट चरण यात्राको टुङ्गो लगाउनेछ।

प्रकाशित मिति: : 2019-11-28 07:26:07

प्रतिकृया दिनुहोस्